
सुरक्षा सम्बादाता १७ फागुन २०८१ काठमाडौं; नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का निर्वाचित केन्द्रिय सदस्यहरुले अव देखि पार्टी भित्र आफ्नो सम्पत्ति बिबरण बुझाउनु पर्ने छ भने आफ्ना छोराछोरीहरुलाई नीजि बोर्डिङमा पढाउन पाईने छैन । गत माघ ४ देखि १० गते सम्म काठमाण्डौँमा सम्पन्न भएको नेकपा (बहुमत)को नौऔँ महाधिबेशनले उक्त निर्णय परित गरेको थियो ।पार्टीका एक नेताको अनुसार महाधिबेशनबाट निर्वाचित केन्द्रिय सदस्यहरुले आफ्नो सम्पुर्ण सम्पत्ति पार्टीकरण गर्नु पर्ने , बिदेशमा रहेका नेताका छोरा छोरी स्वदेश फिर्ता बोलाउनु पर्ने , पार्टीका नेताका छोराछोरीहरु नीजि बोर्डिङ स्कुल पढाउन नपाईने लगाएका मागहरु पार्टीको नौऔँ महाधिबेशमा उठेका थिए । महाधिबेशनमा उठेका यिनै बिषयहरुको छलफल पछि अहिले नै केन्द्रिय सदस्यले सम्पत्ति पार्टीकरण गर्नु पर्ने भने छैन । सम्पत्ति के कति छ पार्टीलाई हिसाव किताब भने बुझाई राख्नु पर्ने छ । मंगवार पार्टीको महाधिबेशन पछिको बसेको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्न जारी प्रेस बक्तव्यको २० नम्वर बुँदामा भनिएको छ । केन्द्रिय सदस्यहरुको सम्पत्ति बिबरण पार्टी भित्र सार्वजनिकरण गर्नु पर्ने निति लिएको छ साथै व्यापारिक स्कुलहरु बन्द गराउन र सम्पुर्ण नीजि स्कुललाई सरकारी सामुदायिक स्कुलमा बदल्दै गुणस्तरिय शिक्षा प्रदान गराउन केन्द्रिय समिति सदस्यका छोरा छोरीहरुलाई नीजि स्कुलमा नपढाउने नीति स्पस्ट गरेको छ ।
आगामी कार्यक्रमको सन्दर्भमा “दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्था अन्त्य गरौँ ! समाजबादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौँ” भन्ने नारा सहित “भष्ट्र दलाल पुँजीबादी व्यवस्था बिरुद्ध जनसंघर्ष अभियान” संचालन गर्ने निर्णय नेकपा बहुमतले सार्वजनिक गरेका छ ।