स्व. वीरेन्द्र शाहि टि२० क्रिकेट : नेशनल क्रिकेट एकेडेमी लम्की १० विकेटले विजयी

१७ फागुन २०८१ कोहलपुर । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा जारी स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले भिक्ट्री भाईपर नेपालगन्जलाई १० विकेटले पराजित गरेको छ ।
प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा भएको खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले उत्कृष्ट बलिङ गर्दै भिक्ट्री भाईपर नेपालगन्जलाइ १०.४ ओभरमा ५२ रनमा अलआउट गरेको थियो ।
५२ रनको सामान्य लक्ष्य नेशनल क्रिकेट एकेडेमीले ७.५ ओभरमा विना क्षति ५६ रन बनाउँदै पूरा गरेको हो । नेशनल क्रिकेट एकेडेमीको लागि कमल बिष्टले अविजित ३६ रन बनाए । यस्तै हेमन्त क्षेत्रीले अविजित १९ रन जोडे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भिक्ट्री भाईपर नेपालगन्ज १०.४ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा अलआउट भएको थियो । भिक्ट्री भाईपरका लागि सर्बाधीक रिहान सेखले ९ रन बनाए ।
नेशनल क्रिकेट एकेडेमी लम्कीका हेमन्त क्षेत्रीले सर्बाधिक ४ विकेट लिए भने कवि बमले ३ र सुरेश भण्डारीले २ विकेट लिएका थिए ।
दोस्रो खेलको प्लेयर अफ द म्याच नेशनल क्रिकेट एकेडेमी लम्कीका हेमन्त क्षेत्री बनेका छन । उनले आफ्नो टिमका लागी १९ रन र ४ विकेट लिएका थिए ।
नकआउट चरणमा खेलिने खेलमा सि.एम ११ दाङ्ग र भिक्ट्री भाईपर नेपालगन्जले हार बेहोरे संगै स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएका छन् । भोलि फागुन १८ गते प्रतियोगिताको तेस्रो खेल आयोजक टिम युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर र यङ्गगन्ज नेपालगन्ज विच विहान ९ बजे र चौथो खेल एच.सि.ए. काठमान्डौ र घोडाघोडी ११ सुखड कैलाली विच दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs