बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्ने विषय आश्चर्यजनक र असम्भव – मुख्यमन्त्री आचार्य

दिनेश राज न्यौपाने
१७ फागुन २०८१ कोहलपुर ; लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्ने विषय आश्चर्यजनक र असम्भव रहेको बताएका छन । शनिबार बाँकेको कोहलपुरमा तेर्सो मुख्यमन्त्रि कोहलपुर गोल्डकप प्रतियोगिता कार्यक्रमको समउद्घाटन कार्यक्रममा आचार्यले यस्तो बताएका हुन । रेसिङ्ग सहारा क्लव कोहलपुरको आयोजनामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका आचार्यले आफैले उद्घाटन गरेको कार्यक्रमको नाम मुख्यमन्त्रि गोल्ड कप भन्ने वा नभन्ने दुबिधामा रहेको बताउदै कानुन निर्माण गरेर मात्र मुख्यमन्त्रि गोल्डकप नाममा वैधानिकता दिनुका साथै आयोजना गर्ने क्लब तथा संस्था पुर्णतया प्रदेश सरकारको स्वामित्वमा रहनु पर्ने बताएका छ्न। यद्यपि मुख्यमन्त्रीको यो तर्क सुनेर नागरिकमा भने आशंका पैदा भएको बुझिएको छ । मुख्यमन्त्री गोल्डकप राख्न मिल्ने वा नमिल्ने भन्ने विषयमा अन्यवलमा परेका मुख्यमन्त्री आचार्यले आयोजकले प्रदेश खेलकुद विकास समिती बाट नाम स्वीकृत गर्दा र मुख्यमन्त्रीले कार्यक्रमको प्रमुख आथित्यताको पत्रप्राप्त गर्दा भने नाममा कानुनी अडचन नदेखेका मुख्यमन्त्री आचार्यले कार्यक्रम उद्घाटन पश्चात् यस्तो विषयमा चासो दिनु र अन्यत्र ठाउमा पनि मुख्यमन्त्रीको नाममा प्रतियोगिता आयोजना हुनुले आशंका उब्जिएको कार्यक्रममा उपस्थित नागरिकको तर्क रहेको छ। मुख्यमन्त्री कोहलपुर गोल्डकप नाम बाट तेर्सो संस्करणसम्म आइपुग्दा अहिले आएर नाम राख्न मिल्ने वा नमिल्ने विषयमा कानुनलाई आधार मान्नु कतिको सुहाउँदो विषय हो भन्ने प्रश्न समेत उब्जिएका छन। कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यको बजेट विनियोजन विषयको भनाइलाई खण्डन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लालाई बजेटमा कमि नगरेको जिकिर गरेका छ्न । लुम्बिनी प्रदेश सरकारको कुल २४अर्बको पुजिगत बजेट मध्य २ अर्ब ४०करोड वजेट बाँके जिल्लामा विनियोजित हुनुले बाँके जिल्लालाई उपेक्षा गरेको भन्नू त्यति स्विकार्य नहुने बताएका हुन। मुख्यमन्त्री प्रमुख अथिती रहेको कार्यक्रममा बिशिस्ट अथितीका रुपमा बाँके क्षेत्र नं. १ का संघिय सांसद सुर्य प्रसाद ढकाल, लुम्बिनी प्रदेशका सांसदहरु माननीय दुर्गा चौधरी, रत्न खत्रि, कृष्ण के.सि. नमुना, वसन्ती अधिकारी, विभिन्न दलका नेताहरु, खेलप्रेमी, सामाजिक ब्यक्तित्व, शैक्षिक संस्थाका प्रमुखहरुको उल्लेख्य उपस्थित रहेको थियो । आज शनिबार देखि आगामी फागुन २४ गते सम्म संचालन हुने तेस्रो मुख्यमन्त्रि कोहलपुर गोल्डकप प्रतियोगितामा ६ वटा नेपाली र दुइटा विदेशी क्लब गरि आठवटा क्लबको सहभागिता रहने खेल प्रतियोगिताका संयोजक कर्ण बहादुर बस्नेतले बताएका छन । नकआउट चरण अन्तर्गत खेलिने खेलमा बिजेता टिमले ८ लाख नगद सहित मेडल र उपबिजेता टिमले ४ लाख नगद सहित मेडल प्राप्त गर्ने छन,त्यस्तै म्यान अफ द टुर्नामेन्टलाई ५१ हजार, बेष्ट कोच, बेष्ट गोलकीपर, बेष्ट राइजिङ स्टार, बेष्ट डिफेन्डर, बेष्ट फर्वाडलाई १०–१० हजार र हरेक दिन म्यान अफ द म्याच हुनेलाई पाँच हजार नगदका दरले पुरस्कार प्रदान गरिने संयोजक बस्नेतले बतएका छन । पश्चिम नेपालको पर्यटन प्रबर्द्धनका साथै खेलक्षेत्रमा हब बनाउने उद्देश्यका साथ प्रत्येक बर्ष आयोजना हुँदै आएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता कार्यक्रमको अध्यक्षता रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रिले गरेका थिए भने कार्यक्रमको संचालन क्लबका सचिव नवकिरण शाहले गरेका थिए । आज सम्पन्न आयोजक रेसिङ्ग सहारा क्लब र लुम्बिनी फुटबल एकेडेमी क्लब बीच भएको खेलमा ० का विरुद्ध दुई गोल बनाउदै आयोजक रेसिङ्ग सहारा क्लबले जित हात पारेको छ ।

Advertisement 1

 

 

Advertisement 2

 

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs