बाँके प्रहरी द्वारा ५००० ट्याबलेट लागु औषध ट्रामाडोल सहित तिन जना व्यक्तिहरु पक्राउ

दिनेश राज न्यौपाने
१८ फागुन २०८१ नेपालगन्ज ; बाँके प्रहरीले शनिबार बाँकेको नेपालगन्ज बाट ५००० ट्याबलेट लागु औषध ट्रामाडोल सहित तिन जना व्यक्तिहरु पक्राउ गरेको छ।
बाँके जिल्लाको नेपालगंज उ.म.न.पा.१६ भन्सार चोक स्थित इ.प्र.का. जयसपुर बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको मोटरसाइकलमा संका लागि चेकजाँच फेलापरेको प्रहरीले जनाएको छ। जिल्लाको नेपालगंज उ.म.न.पा.१६ बस्ने बर्ष २४ को नफिस अहमद कबडियाले चलाएको UP 40R7145 नंम्बरको मोटरसाईकलमा सवार देश भारत कलकत्ता घर भई हाल जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१० ट्राफिक चोक बस्ने बर्ष ३८ को जियाउल शेष र सवार देश भारत जगोर घर भई जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१० ट्राफिक चोक बस्ने बर्ष १८ को सद्दाम सैयाद समेतलाई शंका लागी चेकजाँच गर्दा निज तिनै जनाको साथबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल ५०० पत्ता (५००० ट्याब्लेट) फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलिले जानकारी दिनुभएको छ।

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs