कांग्रेस-एमाले सरकार असफल र असक्षम सावित भइसकेको उपेन्द्र यादवको दाबी

पुर्णपाठ;Upendra-Yadav-1740905501

Advertisement 1

सुरक्षा सम्बादाता १८ फागुन २०८१ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षमा पुगेको छ । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष उपेन्द्र यादवले सरकारप्रति जनताको निराशा बढेको बताए ।“सरकार गठनपछि मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी नारामा मात्र सीमित रहेको देखिन्छ । सरकारप्रति जनतामा नैराश्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना देखिन्न,” उनले प्रतिवेदनमा भनेका छन् ।यादवले सरकार असफल र असक्षम सावित भइसकेको पनि बताएका छन् । “संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ति व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिलाउन नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले यो सरकार असफल र असक्षम सावित भइसकेको छ,” प्रतिवेदनमा भनिएको छ ।प्रतिवेदनमा सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरू नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिँदा पनि त्यसविरुद्ध सरकार मौन रहेको आरोप लगाइएको छ ।सरकारले पूर्वाग्रही ढंगले एउटै अपराधअन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण काम गरिरहेको यावदको आरोप छ ।“केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरू दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ । सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण हो । भविष्यमा ठूला दलहरू मात्र हुने, साना दलहरूलाई समाप्त पार्ने नीति लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत मात्र नभई संविधानमा उल्लेखित बहुदलीय शासन प्रणालीको पनि विपरीत रहेको छ,” प्रतिवेदनमा भनिएको छ ।जसपा नेपालले ओली सरकारलाई समर्थन दिएको थियो । तर, अध्यादेशका कारण समर्थन फिर्ता लिने तयारीमा पुग्न लागेको नेताहरू बताउँछन् ।

 

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

नेपालगन्ज भन्सार : कमिसन नमिल्दा कराेडाैंकाे राजस्व गुमाउँदै, सुरक्षा घेराभित्र बाट माेटरसाईकलका पार्टपुर्जा कसरी हरायाे ?

बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्ने विषय आश्चर्यजनक र असम्भव – मुख्यमन्त्री आचार्य

Designed by Gorkhaly Labs