तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप दोर्सो दिनको खेलमा भारतको साहारा क्लबलाई हराउँदै नवलपरासी राइजिङ विजयी

सुरक्षा संवाददाता
१८ फागुन २०८१ कोहलपुर ; बाँकेको कोहलपुरमा शनिबारदेखि सुरू भएको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप दोर्सो दिनको खेलमा भारतको साहारा क्लबलाई हराउँदै राइजिङ स्टार क्लब नवलपरासीले विजयी हासिल गरेको छ। आइतबार सम्पन्न दोस्रो दिनको क्वाटर फाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउट ४–३ गोल अन्तरले हराउँदै राइजिङ स्टार क्लब नवलपरासी विजयी भएको हो । दुबै क्लबको प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटमा कुनैपनि गोल गर्न नसकेपछि पेनाल्टीमा गएको थियो । पेनाल्टीमा भने राइजिङ स्टार फुटबल क्लब नवलपरासी लक्की ठहरिदै विजय प्राप्त गर्‍यो । राइजिङ स्टार फुटबल क्लबका गोलकिपर प्रतिक सुनारको उत्कृष्ट प्रदर्शनबाट नवलपरासीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । राइजिङ स्टारलाई जिताउन गोलकिपर सुनारले साहाराका तीन वटा पेनाल्टी बचाएका थिए । जित संगै राइजिङ स्टार फुटबल क्लब नवलपरासीका गोलकिपर सुनार म्यान अफ द म्याच घोषित भए । म्यान अफ द म्याच घोषित सुनारलाई आजका अथितिकोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मण राज पौडेलले नगत पाँच हजार पुररस्कार प्रदान गरेका हुन् । म्यान अफ द म्याच घोषित सुनारले आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न पाउँदा खुसी लागेको बताए ।
गोल्डकपको तेस्रो दिन भोलि सोमबार दिउँसो ३ः०० बजे कोहलपुरस्थित तेह्र विगाहा खेल मैदानमा प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ र राईनो फुटबल क्लब,गण्डकीबीच हुने प्रतियोगिता आयोजक समिति संयोजक कर्ण बहादुर बस्नेतले जानकारी दिनुभएको छ।
पश्चिम क्षेत्रमा आफ्नो छुट्टै पहिचान दिन सफल कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा विजेता हुने क्लबले रु.आठ लाख र उपविजेता हुने क्लबले रु.चार लाख पुरस्कार पाउनेछन् । शनिबारदेखि सुरुभएको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप आगामी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs