टोखामा गोली प्रहार गरी भारतीय सुटर पक्राउ

सुरक्षा सम्बादाता १९ फागुन २०८१ काठमाडौं । प्रहरीले काठमाडौँको टोखामा गोली प्रहार गरी भारतीय नागरिकलाई पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दुई वर्षअघि काठमाडौँको गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी गुड्डु पटेललाई आइतबार गोली प्रहार गरी पक्राउ गरेको हो । पटेललाई घुँडामुनि गोली हानी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनको हाल अस्पतालमा उपचार भइरहेको छ ।मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । पहिले हत्या आरोपमा जेल बसेर छुटेका मोहम्मद पछिल्लो समय भने गोठाटारमा गार्मेट उद्योग चलाइरहेका थिए । सर्लाहीको गोडैता नगरपालिका–१०, मनहर्वा स्थायी घर भएका मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए । प्रहरीको अनुसन्धानका क्रममा यसमा दुई जना भारतीय सुटर प्रयोग भएको खुलेको थियो । तीमध्ये एक जना गुड्डुलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो ।

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs