
सुरक्षा संवाददाता
१९ फागुन २०८१ कैलाली ; सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीका निजी अंगरक्षक (पीएसओ) योगेन्द्रबहादुर बोहराको मृत्यु भएको छ । पीएसओ प्रहरी सहायक निरीक्षक योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो ।
बझाङको मस्टा गाउँपालिका वडा नम्बर – ७ स्थायी घर भएका ३४ वर्षीय बोहरा लामो समयदेखि सभामुख भण्डारीका निजि अंगरक्षक थिए । बोहरा सवार स्कुटर सोमबार अत्तरिया धनगढी सडकखण्ड अन्तर्गत गोदावरी नगरपालिका -२ मा दुर्घटनामा परि निधन भएको कैलाली प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित : २ हप्ता अगाडि