अहिले करोड खर्च नगरी चुनाव जित्न सक्ने अवस्था नरहेको धर्मेन्द्र बास्तोलाको दाबी

२० फागुन २०८१ सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुने बताएका छन्। मंगलबार बिहान सुर्खेतमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अवस्थामा कुनैपनि दलका नेताहरूले करोड खर्च नगरी चुनाव जित्न सक्ने अवस्था नरहेको बताए ।‘त्यसरी चुनाव जितेको‌ नेताले गर्ने भ्रष्टाचार नै हो, भ्रष्टाचार, लुटपाट गर्ने काम अहिलेका नेताहरूबाट भइरहेको छ,’ उनले भने, ‘त्यो राजनीतिक अस्थिरताका कारण हो । अहिले देश दलाल व्यापारीको हातमा छ।’त्यसैले अहिले हुने गरेको चुनाव नै खारेज गरिनुपर्ने उनको तर्क रहेको छ । माओवादीले परिवर्तनको आन्दोलनलाई भ्रष्टीकरणतर्फ उन्मुख बनाएको आरोप उन्ले लगाए ।

Advertisement 1

 

प्रकाशित : ३ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs