
सुरक्षा सम्बादाता २० फागुन २०८१ काठमाडौं; हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाट मंगलबार क्याबिनमा सारिएको अस्पतालले जनाएको छ ।
चौथोपटक हृदयाघात भएपछि पारसलाई आइतबार नर्भिकमा भर्ना गरिएको थियो । कोरोनरी एन्जियोग्राम गरिएको थियो। र एस्टेन्ट राखिएको थियो ।
प्रकाशित : ३ हप्ता अगाडि