मुख्यमन्त्री कोहलपुर गोल्डकप अफ्रिकन घाना फुटबल क्लबलाई हराउँदै काँक्रे विहार विजयी

दिनेश राज न्यौपाने
२० फागुन २०८१ कोहलपुर ; मंगलबार एक खेल सकिएपछि मुख्यमन्त्री कोहलपुर गोल्डकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सेमीफाइलको खेल भने बुधबारदेखि सुरु हुनेछ । क्वाटरफाइनलका अन्तिम खेल भने मगंलबार अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुलबल क्लबले खेलेका थिए । अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार फुटबल क्लब,सुर्खेत सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि पेनाल्टीमार्फत नतिजा निकालिएको थियो । रोमाञ्चक पेनाल्टीमा अफ्रिकन घाना फुटबल क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै काँक्रेविहार फुटबल क्लब,सुर्खेत सेमिफाइनल प्रवेश गरेको हो ।
यसअघि प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ,कोहलपुर रेसिङ साहारा फुटबल क्लब,बाँके र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन् । समूह ‘क’ बाट आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब,बाँके र प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ, समूह ‘ख’ बाट राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल र काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।
समूह ‘क’ बाट लुम्बिनी फुटबल क्लब घोराही,दाङ र राईनो फुटबल क्लब,गण्डकी, समूह ‘ख’ बाट भारतको साहारा फुटबल क्लब,लखनउ र अफ्रिकन घाना फुटबल क्लबबाट बारिएका छन् । यसअघि पहिलो क्वाटरफाइनल खेलमा कोहलपुर रेसिङ साहारा फुटबल क्लबले २–० गोल अन्तरले लुम्बिनी फुटबल क्लब घोराही,दाङ पराजित भएको थियो । दोस्रो क्वाटरफाइन खेलमा आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले पेनाल्टी सुटआउटमा ४–३ अन्तरले भारतको साहारा फुटबल क्लब,लखनउलाई पराजित गरेको थियो । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँले २–० गोल अन्तरले राईनो फुटबल क्लब,गण्डकीलाई पराजित गरेको थियो । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

नेपालगन्ज भन्सार : कमिसन नमिल्दा कराेडाैंकाे राजस्व गुमाउँदै, सुरक्षा घेराभित्र बाट माेटरसाईकलका पार्टपुर्जा कसरी हरायाे ?

बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्ने विषय आश्चर्यजनक र असम्भव – मुख्यमन्त्री आचार्य

Designed by Gorkhaly Labs