क्रिप्टो कारोबारीको पैसा लुटपाटमा प्रहरी घुमुवाहरु नै संलग्न

२० फागुन २०८१ काठमाडौं । क्रिप्टो कारोबारीको पैसा लुटपाटमा संलग्न तीन प्रहरी घुमुवा भएको खुलेको छ । दुई नेपाल प्रहरी र एक सशस्त्र प्रहरीका घुमुवा हुन् ।क्रिप्टो कारोबारी रोशन गुरुङलाई पक्राउ गरेको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार बाँके बैजनाथ घर भएका खगेन्द्र मल्ल ठकुरी, जवान खोटाङ रावाबेंशी घर भएका हिरा मंग्राती, सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानका राजेन्द्र कुमार केसीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पक्राउ गरेको हो ।

Advertisement 1

नेपाल प्रहरीका दुई जना प्रहरी वृत्त वानेश्वरमा कार्यरत थिए । उनीहरुलाई डीएसपी वीरेन्द्र गोदारले सादा पोशाकमा खटाउँदै आएका थिए । त्यस्तै, सशस्त्र प्रहरीका हवल्दार केसी पनि सादा पोशाकमै खटिदै आएको स्रोत बताउँछ ।

उनी सशस्त्र प्रहरीको सिनामंगल गणमा कार्यरत थिए । उनलाई पनि गणका एसपीले खटाएका थिए । हवल्दार केसीको खातामा सात लाख भेटिएको छ । साथै, स्रोत नखुलेको थप पाँच लाख समेत उनको खातामा देखिएको स्रोत बताउँछ ।

Advertisement 2

क्रिप्टो कारोबार गर्ने गुरुङसँग उनीहरुले सुरुमा डिल गरेको र पछि लुटेर भागेको अनुसन्धानमा खुलेको छ । हाकिमको जानकारीबिना नै उनीहरुले यसरी डिल गरेर पैसा असुल्नु असम्भव रहेको प्रहरी स्रोत बताउँछ ।

प्रहरीलाई त्यसरी लुटपाटमा सघाउने मोरङका कपिल बस्नेत, दोलखाका संजोक तामाङ र मोरङका मनिस कुमार रायलाई पनि प्रहरीले पक्राउ गरेको छ भने पीडित भनिएका गुरुङलाई पनि नियन्त्रणमा लिएर क्रिप्टो कारोबारसम्बन्धि कसुरमा अनुसन्धान अघि बढाएको छ।

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

नेपालगन्ज भन्सार : कमिसन नमिल्दा कराेडाैंकाे राजस्व गुमाउँदै, सुरक्षा घेराभित्र बाट माेटरसाईकलका पार्टपुर्जा कसरी हरायाे ?

बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्ने विषय आश्चर्यजनक र असम्भव – मुख्यमन्त्री आचार्य

Designed by Gorkhaly Labs