
दिनेश राज न्यौपाने
२१ फागुन २०८१ कोहलपुर ; बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा रहेका अव्यवस्थित तार ब्यवस्थापन कार्य केही समय धुमधामका साथ केही स्थानमा ब्यवस्थित गर्न सक्रिय भएको कोहलपुर नगरपालिका अहिले कता हरायो भन्ने प्रश्न सृजना भएको छ। कृतिम प्रकोपका रुपमा रहेको अव्यवस्थित तारले जोखिम मल्नुका साथै सौन्दर्यतामा समेत असर गरेको पाइन्छ। कोहलपुर नगरपालिकाले विधुतिय पोलमा अव्यवस्थित र मापदण्ड विपरीत विभिन्न नेटवर्किङ कम्पनिले तार जडान गरेको भन्दै पहोलो पटक ब्यवस्थापन गर्न सुझाब दिएको थियो यद्यपि सम्बन्धित कम्पनिले ब्यवस्थापन नगरेपछि आफै ब्यवस्थापनमा लागेको नगरपालिका हाल कता हरायो अव्यवस्थित तार ब्यवस्थापन कार्य भनेर नागरिकले प्रश्न गरेको बुझिन्छ ।
बुधबार सुरक्षा रास्ट्रीय दैनिकको टिमले गरेको रिपोर्टिङका क्रममा अव्यवस्थित तार ब्यवस्थापन नभई झनै थप अव्यवस्थित भएको पाइएको हो। विधुतिय पोलमा यस्ता खालका कम्पनीले तार ब्यवस्थापन गर्नका लागि सम्झौता गरेर अनुमति लिनु पर्ने कानुनी ब्यवस्था रहेको भएपनि यस विषय विधुत प्राधिकरणको केन्द्रिय कार्यलयमा कम्पनीको सम्झौता हुने गरेको भएकाले आफुहरुलाई जानकारी नहुने विधुत प्राधिकरणको कार्यालय कोहलपुरले जानकारी दिएको छ।
यस्तो खालको संवेदनशील कृत्रिम प्रकोपको रुपमा रहेको अव्यवस्थित तारको नियमन ,नियन्त्रण ,अनुगमन र ब्यवस्थापन गर्ने गराउने जिम्मेवारी र जवाफदेहिता स्थानीय सरकारको भएको नागरिकको तर्क रहेको छ। केही समय अगाडि कोहलपुर नगर प्रहरी सहित स्थानीय जनप्रतिनिधिको उपस्थितिमा तार ब्यवस्थापन गर्नका लागितामझाम सहित सुरु गरिएको कार्य हाल आएर भने जस्ताको तस्तै देखिएको छ। यसरी ब्यवस्थापन गर्न लागिएको अव्यवस्थित तार अब ब्यवस्थापन नहुने हो भनेर नगरिकको सार्वजनिक प्रश्न रहेको देखिन्छ ….।