गाँजा तस्कर र प्रहरीबीच जंगलमा जम्का भेट भएपछि गोली चल्यो

२२ फागुन २०८१ धरान । गाँजा तस्करलाई पक्राउ गर्न धरानमा प्रहरीले गोली चलाएको छ । धरान उपमहानगरपालिका-२० जंगलमा प्रहरीले बिहीवार बिहान १२ः३० बजे गोली हानेर गाँजासहित धनकुटा सागुरीगडी-९ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरेको हो ।धनकुटाको सागुरीगडी गाउँपालिकाको आहालेबाट धरानतर्फ गाँजा बोकेर आउँदै गरेका आठजनाको समूहलाई नियन्त्रण लिने क्रममा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वको टोलीले गोली हानेर गाँजा तस्कर गर्ने व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।नौजना तस्करहरूले नौ भारी गाँजा नाम्लो लाएर बोकी धरानतर्फ आउँदै गर्दा बिष्णुपादुका जंगलमा आएपछि तस्कर र प्रहरीको जम्का भेट भएको थियो ।गाँजा तस्करहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाइएको प्रहरीको दाबी छ । पक्राउ परेका व्यक्तिबाट २३० केजी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको छ ।गाँजा तस्करी गर्ने मुख्य नाइकेले स्थानीयलाई केही रकम दिएर गाँजा धरान पुर्याउन लगाएको अनुसन्धानबाट खुलेको छ ।

Advertisement 1

 

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs