राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ; केपि ओलि

२२ फागुन २०८१ महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ब्युँतने सपना नदेखे हुने बताएका छन् ।महोत्तरीमा नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए।प्रधानमन्त्री ओलीले भुलभुलैया, नाटक, तमासमा नपर्न नागरिकसँग आग्रह गर्दै सरकारलाई दन्तबजान गर्ने फुर्सद नरहेको बताए ।उनले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताए। प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताए।उनले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सिर्जना हुने बताए।आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे।प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको बताए। उनले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

नेपालगन्ज भन्सार : कमिसन नमिल्दा कराेडाैंकाे राजस्व गुमाउँदै, सुरक्षा घेराभित्र बाट माेटरसाईकलका पार्टपुर्जा कसरी हरायाे ?

बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्ने विषय आश्चर्यजनक र असम्भव – मुख्यमन्त्री आचार्य

Designed by Gorkhaly Labs