मुख्यमन्त्री कोहलपुर गोल्डकपमा रेसिङ साहारा र राइजिङ स्टार फाइनल प्रवेश

दिपक शाही २२ फागुन २०८१ बाँके;मुख्यमन्त्री कोहलपुर गोल्डकपको सेमिफाइनल संस्करण पूरा भएको छ । बिहीबार काँक्रेविहार फुटबल क्लब,सुुर्खेत र राइजिङ स्टार फुटबल क्लब,नवलपरासीबीच सम्पन्न खेल सकिएसँगै सेमिफाइन संस्करण पूरा भएको हो । काँक्रेविहार फुटबल क्लब,सुुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फुटबल क्लब,नवलपरासी फाइनल प्रवेश गरेको हो।सेमिफाइनको खेलको पहिलो हाफको १९औँ मिनेटमा राइजिङ स्टार फुटबल क्लब,नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुनले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८औँ मिनेटमा काँक्रेविहार फुटबल क्लब,सुुर्खेतका धनसिंह विकले बराबरी गोल फर्काए ।निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा काँक्रेविहारलाई ५–४ ले पराजित गर्दै राइजिङ स्टार फुटबल क्लब फाइनल प्रवेश गरेको हो । यसअघि आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरिसकेको छ ।खेलको म्यान द म्याच राइजिङ स्टार फुटबल क्लब,नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुन घोषित भए र नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे । शेषलाई राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्प पौडेल, नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी र कोहलपुर उद्योण वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले संयुक्त रुपमा प्रदान गरेका हुन।प्रतियोगिताको फाइनल फागुन २४ हुने बताएइएको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७गतेदेखि प्रतियोगिता सुरु भएको थियो । घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs