बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी धर्मराज जोशीलाई

दिपक शाही २२ फागुन २०८१ काठमाडौं: गृह मन्त्रालयले ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ। बिहीबार ७ जना सहसचिवको सरुवा तथा पदस्थापनको निर्णय गर्दै ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्। बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहसचिव धर्मराज जोशीलाई दिइएकोक छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी रौतहटमा सरुवा भएका छन्। सहसचिव दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा, शशिधर घिमिरे नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्। नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो।

प्रकाशित : ४ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs