
दिनेश राज न्यौपाने
२३ फागुन २०८१ नेपालगन्ज ; बाँकेको नेपालगन्जमा सुरक्षित, सहज र मर्यादित यात्राका लागि ट्राफिक सचेतना ऱ्याली तथा सडक दुर्घटना न्यूनिकरण अभ्यास कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित यात्रा नेपाल केन्द्रीय कार्यालय, बुटवलको आयोजना ,नेपाल बीमा प्राधिकरण जिवन विमक संघ नेपाल,निर्जिवन तथा लघुवीमा कम्पनीको सहआयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, लुम्बिनी प्रदेश,जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। सुरक्षीत यात्रा नेपालका अध्यक्ष विश्णु वेल्बासेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विस्ट, विशिस्ट अतिथि जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी खडक बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की ,नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री,रास्ट्रीय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख उप-अनुसन्धन निर्देशक रहनु भएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका क्षेत्रका संस्थागत बिध्यालयको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपालगन्जको बिपि चोक देखि प्लेकार्ड र सचेतना बेल्डको प्रयोग गरि सुरु भएको र्याली धम्बोझिमा गएर कोणसभामा परिणत भएर औपचारिक कार्यक्रम सुरुभएको थियो। कार्यक्रममा सुरक्षीत यात्रा नेपालका कार्यक्रम संयोजक दिपक ढकालले स्वागत संगै कार्यक्रमको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै लुम्बिनी ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की ,निमित्त प्रमुख जिल्ला अधिकारी खडका बहादुर खत्री लगायतले सडक दुर्घटना न्यूनीकरण र आम नागरिकले बुझ्न र जान्न पर्ने विषयमा रहेर आ-आफ्नो महत्त्वपूर्ण भनाइ राख्नु भएको थियो।
कार्यक्रममा सडक दुर्घटना हुन सक्ने सम्भावना र भइसकेपछि दुर्घटनामा परेका घाइतेको उद्दार सम्बन्धित निकायलाई जानकारी कानुनी प्रक्रिया लगायतको विषयमा रहेर नेपालमा हालसम्म नभएको र पहिलो पटक सचेतनाकालागि निर्माण गरिएको नमुना प्रदर्शन गरिएको थियो । आज गरिएको नमुना प्रदर्शनले धेरै कुरा झल्काएको र यस्तो खालको घटना हुन नदिन र भइसकेपछि कसरी उद्दार गर्ने भनेर सिकाएको भन्दै कार्यक्रमका प्रमुख अथिती एवम नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले प्रशंसा गर्नु भएको थियो । बिस्टले पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालयले रचनात्मक कार्यहरु गर्दै अव्यवस्थित यातायात र अटो रिक्सा ब्यवस्थापन गर्दै सडक दुर्घटना न्यूनीकरण गरेको भन्दै धन्यवाद व्यक्त गर्नु भएको थियो। बिस्टले आगामी दिनमा यस्ता खालका सचेतनामुलक कार्यमा सहकार्य गर्दै आगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको हो।
प्रमुख बिस्टले सडक सुरक्षा मापदण्डअनुसार पैदल यात्रीलाई फुटपाथको प्रयोग जेब्रा क्रसिङको प्रयोग लगायत ट्राफिक नियमपालना गर्न अझै सचेतना कार्यक्रम आवश्यक रहेको समेत बताउनु भयो । कार्यक्रमका संचालक एवम जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरि निरीक्षक पुष्कर राज पन्तले कार्यक्रम आयोजक र उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्नु भएको थियो।