कोहलपुर गोल्डकप ; पहिलो पटक फाइनल प्रवेश गरेको आयोजक कोहलपुर रेसिङ साहारा क्लब उपाधी जित्नेमा ढुक्क

दिनेश राज न्यौपाने
२३ फागुन २०८१ कोहलपुर ; बाँकेको कोहलपुरमा जारी तेस्रो संस्करणको मुख्यमन्त्री कोहलपुर गोल्डकपमा पहिलो पटक फाइनल प्रवेश गरेको खेल प्रतियोगिता आयोजक कोहलपुर रेसिङ साहारा क्लब उपाधी जित्नेमा निर्धक्क देखिन्छ।
बुधबार प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब प्रतियोगितामा पहिलो पटक फाइनल प्रवेश गरेको थियो । दोस्रो हाफको ४७ औं मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ ओम प्रकाश चौधरीले बराबरी गोल फर्काएका थिए ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा प्लानिङलाई ४–३ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको थियो। समूह चरणको पहिलो खेलमा कोहलपुर रेसिङ साहारा क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई हराएको थियो ।  शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले कोहलपुर क्षेत्रको मात्र नभएर पश्चिम नेपालको पर्यटन प्रबर्द्धनका लागि विभिन्न चुनौतीका बाबजुद पनि आयोजना गरिएको खेल प्रतियोगितामा आजका मिति सम्म सबै पक्षहरूबाट सहयोग भएको र भोलि हुने फाइनल खेलमा समेत उल्लेखनीय सहभागिताका लागि आह्वान गरिएको खेल संयोजक कर्ण बस्नेतले जानकारी दिनु भएको छ।
गत फागुन १७ गतेदेखि सुरु भएको प्रतियोगितामा अन्तर्राष्ट्रिय क्लब घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको थियो । भोलि हुने फाइनल प्रतियोगितामा विजेता हुने टिमले रु.आठ लाख नगद सहित ट्रफी प्राप्त गर्ने छन उप-विजेता हुने टिमले रु.चार लाख नगद पुरस्कार प्राप्त गर्ने छन।

Advertisement 1

 

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs