
२५ फागुन २०८१ काठमाडौं । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजतन्त्रको पुनःस्थापनाको मागलाई व्यर्थको कुरा भनेका छन् ।शनिबार आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले मुलुक बचाउन राजा आउ देश बचाऊ भन्ने कुरा नादानी मात्र भएको बताएका हुन् ।
उनले भने, मुलुक बचाउन राजा आउ देश बचाऊ भन्ने कुरा नादानी मात्र हो। जुन राजाले आफूलाई बचाउन सकेन, आफ्नो परिवारलाई बचाउन सकेन, दरबारलाई बचाउन सकेन, उसले देश जोगाउन सक्छ ? जनतालाई जोगाउन सक्छ ? सक्दैन भन्ने कुरा बुझ्नुपर्छ।’
हाल देशभर राजसंस्थाको पुनःस्थापनाको पक्षमा आन्दोलन चर्किएको छ ।
Advertisement 1
प्रकाशित : २ हप्ता अगाडि