ट्राफिक व्यवस्थापनमा अब्बल क्षमता भएका बरिष्ठ सई प्रबिन आचार्य सम्मानित

दिनेश राज न्यौपाने
२५ फागुन २०८१ कोहलपुर ; सुरक्षीत सहज र मर्यादित यात्राका लागि ट्राफिक सचेतना कार्यक्रममा ट्राफिक व्यवस्थापनमा अब्बल क्षमता भएका बरिस्ठ प्रहरी सहायक निरीक्षक प्रबिण आचार्य सम्मानित भएका छन् ।
दुर्घटना न्युनीकारण, सुरक्षित तथा मर्यादित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत हाल नेपालगन्ज ट्राफिक पोस्ट इन्चार्ज समेत रहेका आचार्यले नेपालगन्ज जस्तो ट्राफिक ट्राफिक ब्यवस्थापनमा चुनौतीपूर्ण मानिदै आएको क्षेत्रलाई हाल आएर ब्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै भब्य कार्यक्रमका बिच सम्मान गरिएको छ। सुरक्षीत यात्रा नेपालको आयोजनामा भएको कार्यक्रम नेपालगन्ज र कोहलपुरमा गरि दुइदिन सम्म संचालन भएको थियो । कार्यक्रम अबधिभर र अघिपछि पनि आफ्नो पेशा र कार्यप्रती लगनशील र प्रतिबद्ध भएको भन्दै विभिन्न समयमा विभिन्न ठाउमा सम्मानित हुँदै आएका आचार्य नेपालगन्जमा भएको कार्यक्रममा पनि सम्मानित हुनुले उनिप्रतिको लगाव र संगठन प्रतिको बफादारिता प्रस्ट झल्किन्छ ।
आचार्यलाई लुम्विनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दान बहादुर कार्कीले सम्मान पत्र प्रदान गरेका हुन् । अन्तरक्रिया तथा चालक सम्मान पत्र वितरण कार्यक्रममा प्रमुख अथिती समेत रहेका डिआइजी कार्कीले राम्रो र उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गर्ने प्रहरी प्रधान कार्यालयको नीति रहेको बताउदै आचार्यलाई धन्यवाद ज्ञापन गर्दै थप राम्रो काम गर्न हौसला मिल्ने बताए ।सम्मान पत्र ग्रहण पछि आचार्य संग हामीले गरेको कुराकानीमा उनले भने सम्मानले मलाई अझ धेरै जिम्मेवारी थपेको महशुस भएको बताएका छन। आचार्यले गरेको नेतृत्वदायी भूमिकाको बाँके बासिले समेत ट्राफिक व्यवस्थापनमा सक्रिय र अब्बल क्षमता भएको प्रहरी अफिसरको रुपमा लिने गरेका छन ।

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs