
दिपक शाही २५ फागुन २०८१ काठमाडौं । होनहार विद्यार्थी नेता समिर कुमार शाहीले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्ववियु सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।विद्यार्थी हकहित र क्याम्पस सुधारका लागि निरन्तर संघर्ष गर्दै आएका शाही आरआर क्याम्पसका नियमित विद्यार्थी हुन्। उनी हाल स्नातक चौथो वर्षमा राजनीतिक शास्त्र अध्ययनरत छन्।
विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय उनले क्याम्पसका विद्यार्थीका समस्या समाधानका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। सुरक्षा राष्ट्रिय दैनिक संग कुरा गर्दै उन्ले भने, “आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्ववियु सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको छु।”
शाहीले भने, आरआर क्याम्पस देशकै सबैभन्दा ठूलो मानविकी क्याम्पस भएकाले यसको सुधारबिना देशको शैक्षिक, सामाजिक, तथा राजनीतिक भविष्यको सुधार सम्भव छैन। यही कारण उनले शिक्षाको गुणस्तर, विद्यार्थी हकहित, र क्याम्पस सुधार ल्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताए ।
“यस परिवर्तनको लागि तपाईंहरूको साथ, सहयोग, र विश्वास आवश्यक छ। तपाईंहरूको सल्लाह, सुझाव, र समर्थन लिएर म अगाडि बढ्नेछु,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
यसअघि शाही अखिल (क्रान्तिकारी) मुगु जिल्ला सम्मेलनबाट जिल्ला सचिवमा निर्वाचित भएका थिए। विद्यार्थी आन्दोलनमा लामो समयदेखि सक्रिय उनी जिल्ला, प्रदेश, तथा पार्टीको सम्पर्क मोर्चामा रहेर संगठन निर्माण र विद्यार्थी हकहितका पक्षमा निरन्तर क्रियाशील पात्र हुन् ।
आरआर क्याम्पसका नियमित विद्यार्थीका हक र अधिकारको सुनिश्चितता गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन्। उनले तप भने, “हामी एकजुट भए मात्र आरआर क्याम्पसलाई उत्कृष्ट शिक्षालय बनाउने हाम्रो सपना पूरा गर्न सक्छौं।”
Advertisement 1