राजावादीको जुलुसले फोहर गरेको भन्दै बालेनले तोके राप्रपा लाई १ लाख जरिवाना

Advertisement 1

दिपक शाही २५ फागुन २०८१ काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ।आइतबार पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न निकालिएको जुलुसले फोहरमैला गरेको तथा विरुवामा क्षति पुर्याएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको हो।काठमाडौँ महानगरले राप्रपा केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा ‘मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयवाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम रु. एक लाख जरिवाना गरिएको’ उल्लेख छ।पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किएको अवसर पारेर राजावादीहरूले आइतबार काठमाडौँमा उनको भव्य स्वागत गर्दै नाराजुलुस लगाएका थिए।जुलुस त्रिभुवन विमानस्थलबाट नाराजुलुश गर्दै निर्मल निवाससम्म पुगेको थियो।यसअघि गत २०८० चैत २७ गते राप्रपाको प्रदर्शनबाट महानगरपालिकाको ट्राफिक आइल्याण्डमा क्षति पुगेको तथा फोहर मैला भएको भन्दै महानगरले ट्राफिक आइल्याण्ड मर्मत सम्भार गर्न रु २२२ रुपैयाँ ८१ पैसा असुल गर्ने तथा फोहरमैला व्यवस्थापन ऐन बमोजिम ५ हजार रुपैयाँ जरिवाना गराएको थियो।यस्तै गरि, गएको मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको’ ठहर गर्दै महानगरले नेकपा (एमाले) लाई पनि एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। यद्यपी एमालेले सो जरिवाना तिर्न अस्वीकार गरेको थियो।

 

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs