प्रहरीमा अराजकता : संगठनविरुद्ध नै २० डीएसपीले हाले मुद्दा

२७ फागुन २०८१ काठमाडौं । नेपाल प्रहरीमा वृत्ति विकासका लागि कोशेढुंगा मानिएको स्टाफ कलेज (एमपीएस) को प्रवेश परीक्षा आगामी साता तयारी भइरहेको छ ।स्टाफ कलेज गरेकालाई मात्र प्रहरीको नेतृत्व तहमा लैजाने उदेश्यले सुरु गर्न लागिएको यो कार्यक्रम असफल बनाउन प्रहरी अधिकारी नै लागेका छन् ।स्टाफ कलेजको प्रवेश परीक्षा समेत रोक्न माग गर्दै २० जना डीएसपीहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।डीएसपी रिपेन्द्र कुमारसहितका २० डीएसपीले सोमबार रिट दर्ता गराएका हुन् । जसमा मंगलबार नै पेशी तोकिएको छ ।२०७० सालको चैतमा भर्ना भएको इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज गर्न लागिएको छ । कानुनमै नभएको स्टाफ कलेज रोक्न माग गर्दै केही अधिकृतहरु संगठनविरुद्ध नै अदालतमा गएका हुन् ।

Advertisement 1

यसले नेपाल प्रहरीभित्रको चेन अफ कमाण्डको अवस्था कति कमजोर छ भन्ने प्रष्ट पारेको छ । स्टाफ कलेजमा क्षमतावान अधिकृतहरु मात्र सफल हुने निश्चित छ ।जसकारण राजनीतिक भनसुनका आधारमा सरुवा–बढुवा हुनेहरुको चलखेल धेरै हदसम्म रोकिनेछ । राजनीतिक शक्तिको आडमा चलखेल गर्दै आएका अधिकृतहरु रिट लिएर सर्वोच्च गएका हुन् ।उनीहरुले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र स्टाफ कलेजलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

 

प्रकाशित : २ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs