
सुरक्षा सम्बादाता २६ फागुन २०८१ काठमाडौं; धर्मेन्द्र बास्तोला नेतृत्व को नेकपा बहुमत निकट बिद्यार्थी संगठनले नेपालगञ्ज हेल्थ क्याम्पसको संचालक मैकुलाल वाल्मिकीको ठगिधन्दा र गुण्डागर्दीको बिषय व्यापक रुपमा उठिरहेको भन्दै सिटिइभिटी केन्द्रीय कार्यालयमा मागपत्र बुझाएको छ।
सोमबार अखिल क्रान्तिकारीले नेपालगञ्जको नेपालगञ्ज हेल्थ क्याम्पसका संचालक मैकुलाल वाल्मिकीको ठगिधन्दा र गुण्डागर्दीको बिषय व्यापक रुपमा उठिरहेको र अखिल क्रान्तिकारीले मैकुलाल वाल्मीकि संचालक रहेकाे नेपालगन्ज हेल्थ क्याम्पसमाथि तत्काल छानबिन गरि कानुनी दायरामा ल्याउन जोडदार माग गर्दै माग पत्र सिटिइभिटी केन्द्रीय कार्यालयमा बुझाएको हो।
पछिल्लो समयमा सिटिइभिटीका शिक्षालयहरूमा भएका ठगीधन्दाको विरुद्धमा कडा संघर्ष गर्दै विद्यार्थीको न्याय, माफियाको कारबाही र सिटिइभिटी सुधारको लागि उक्त संगठन आन्दोलनरत रहेको र सिटिइभिटीबाट सम्बन्धन प्राप्त केही शिक्षालयहरूको ठगीधन्दा र गुण्डागर्दी एकपछि अर्काे गर्दै छताछुल्ल हुन पुगेको माग पत्रमा उल्लेख गरिएको छ ।।
Advertisement 1
माग पत्रमा यस्तो भनिएको छ;- नेपालगन्ज हेल्थ क्याम्पसको ठगीधन्दाबारे सिटिइभिटी केन्द्रीय कार्यालयमा मागपत्र बुझाइयो ।
Advertisement 2
सदस्य सचिव ज्यू,
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
Advertisement 3
केन्द्रीय कार्यालय, सानोठिमी, भक्तपुर
बिषय : मागपत्र
हाम्रो संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा भए गरेका विद्यार्थीमाथिको लुटपाट, ठगी, भ्रष्टाचारको विरुद्धमा र विद्यार्थीको हक अधिकारको पक्षमा सम्फौताहीन संघर्ष गर्दै आएको सर्वविदितै छ । पछिल्लो समयमा सिटिइभिटीका शिक्षालयहरूमा भएका ठगीधन्दाको विरुद्धमा कडा संघर्ष गर्दै विद्यार्थीको न्याय, माफियाको कारबाही र सिटिइभिटी सुधारको लागि हाम्रो संगठन आन्दोलनरत छ । सिटिइभिटीबाट सम्बन्धन प्राप्त केही शिक्षालयहरूको ठगीधन्दा र गुण्डागर्दी एकपछि अर्काे गर्दै छताछुल्ल हुन पुगेको छ । यसै क्रममा नेपालगञ्जको नेपालगञ्ज हेल्थ क्याम्पसका संचालक मैकुलाल वाल्मिकीको ठगिधन्दा र गुण्डागर्दीको बिषय व्यापक रुपमा उठिरहेको छ । हाम्रो संगठन मैकुलाल वाल्मीकि संचालक रहेकाे नेपालगन्ज हेल्थ क्याम्पसमाथि तत्काल छानबिन गरि कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछ।
नेपालगन्ज हेल्थ क्याम्पसको ठगीधन्दाहरू :
१. विद्यार्थीले कलेज ड्रेस आफै जुनसुकै ठाउँमा किन्न पाउने अधिकार विपरीत जबरजस्त कलेजबाटै किन्न लगाइ ड्रेसको शुल्क रू. २२०००।- रूपैयाँसम्म जबर्जस्त लिने गरेको ।
२. विद्यार्थीको हाजिरी पुरा नभएको भन्दै २५ हजार देखि ४० हजार रूपैयाँसम्म बिद्यार्थीबाट पैसा असुलेको ।
३. मेरिट स्कलरसिपमा अध्ययनरत विद्यार्थीहरुलाई समेत शुल्क असुलेको । फिर्ता माग्दा धम्की दिएकाे ।
४. परिक्षा शुल्क सिटिइभिटीले तोकेकोभन्दा बढी लिने गरेको । ओजेटिको समेत सुल्क असुलेको।
५. बिद्यार्थीलाई प्रक्रियाअनुसार भर्ना नगरि भर्ना प्रक्रियामा बिद्यार्थीसँग बार्गेनिङ गरि अधिकांश सिट ठुलो रकम चलखेल गरि बिक्री गरेको ।
६. बिद्यार्थीहरूले उल्लेखित बिषयमा आवाज उठाउँदा कलेज संचालक मैकुलाल वाल्मीकि र लेखा प्रमुख पद्मा थापाले बिद्यार्थी र अभिभावकसमेतलाई मनपरि गाली गलौज र धम्की दिने र कुटपिट गरेको । गुन्डाहरूसमेत प्रयोग गरेर बिद्यार्थीलाई धम्क्याइ मानसिक यातना दिने गरेको।
माथि उल्लेखित बिषयमा तत्कालीन छानबिन गरि नेपालगन्ज हेल्थ क्याम्पसलाई कानुनी दायरा लिइ बिद्यार्थीलाई न्याय प्रत्याभूति गराउन हाम्रो संगठन जाेडदार माग गर्दछ । अन्यथा हाम्रो संगठन कडा संघर्ष गर्ने कुराको जानकारीसमेत गराइन्छ।
फागुन २६, २०८१
पारस राहादी मगर
संयोजक