
२७ फागुन २०८१ काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय गर्ने भएको छ ।हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले मङ्गलवार ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो ।
मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ उपत्यका बाहिर भएकाले हिजो ठोस निर्णय भएको थिएन ।
अनौपचारिक छलफलमा केपी शर्मा ओली सरकारको रवैयाका कारण राजावादीले नकारात्मक फाइदा लिइराखेको निष्कर्ष निकालिएको थियो ।
प्रकाशित : २ हप्ता अगाडि