
२८ फागुन २०८१ काठमाडौं; काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन्।
Advertisement 1
तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै होलीलाई मर्यादित बनाउन आग्रह गरेका हुन्।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरिएको जानकारी दिए।
Advertisement 2
पौडेलले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ। तसर्थ चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न÷नगराउन सबैमा अनुरोध छ।’
आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन तीनवटै जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेका छन्।
Advertisement 3
ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार छुट्टाछुट्टै सूचना जारी गर्दै होली पर्व शान्तिपूर्ण र संस्कृतिअनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन्।
यस वर्ष फागुन २९ गते पहाडी तथा हिमाली जिल्लामा र चैत १ गते तराई मधेसका जिल्लामा होली पर्व मनाइँदैछ।