अराजक एमाले: दाङमा एमाले वडाध्यक्षद्वारा विद्यालय प्रधानाध्यापक कुटपिट

२९ फागुन २०८१ काठमाडौं । दाङको घोराहीस्थित शुभ प्रभात माविका प्रधानाध्यापकमाथि कुटपिट भएको छ । घोराही उपमहानगरपालिका– १४ का वडाध्यक्ष भानसिंह बुढाले विद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथि कुटपिट गरेका हुन्विद्यालय व्यवस्थापन समितिको बैठकमा आफुमाथि वडाध्यक्षसहित प्रेम बुढा, सुजन बुढा लगाएत दश बाह्र जनाले मुक्का र लात्तीले निर्घात कुटपिट गरेको प्रअ बुढाले बताए ।आफूले भनेका व्यक्ति विद्यालय व्यवस्थापन समितिमा नहुने भएपछि वडाध्यक्ष र उनका गुन्डाहरुले आफुमाथि सार्वजनिक रुपमै निर्घात कुटपिट गरेको उनको भनाई छ ।वडाध्यक्ष बुढाले कोरम नपुगेपनि भनेका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनका लागि प्रअ बुढालाई बलजफती माइनुट लेख दबाव दिएको आरोप छ । यता वडाध्यक्ष बुढाले भने आफुमाथि निराधार आरोप लगाइएको बताएका छन् ।यसैबीच अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गोविन्द मल्ल, अखिल (क्रान्तिकारी) दाङका इञ्चार्ज सोमपाल कामी, अखिल (क्रान्तिकारी) दाङका संयोजक इन्दु वली, अखिल छैठौं (दाङ) का अध्यक्ष सेवक भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै कुटपिट घटनाको निन्दा गरेका छन् ।

Advertisement 1

 

प्रकाशित : १ हप्ता अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

सत्यतथ्य छानबिन गरि निर्वाचन अगाडि बढाउन पाँच विध्यार्थी संगठनको संयुक्त अपिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

बागेश्वोरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल क्रान्तिकारीको संगठन दर्ता

Designed by Gorkhaly Labs