एक लाख नक्कली लाइसेन्स प्रकरणको छानबिन अलपत्र

२९ फागुन २०८१ काठमाडौं । यातायात व्यवस्था विभागको अध्ययनबाट नक्कली आशंका गरिएका एक लाख दुई हजारथान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छानबिन एवं कारबाही प्रक्रिया अलपत्र परेको छ ।

Advertisement 1

करिब ७३ हजार ५०० शंकास्पद लाइसेन्स वितरण गरिएको तथ्यांक विभागले सार्वजनिक गरेको थियो । २९ हजार १०० लाइसेन्स नम्बर नक्कली बनाएर बिक्री गर्न सकिने अवस्था राखिएको अध्ययनका क्रममा देखिएको थियो ।

०८० साल मंसिरमा यो विषय छानबिनका निम्ति विभागले तत्कालीन प्रविधि निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले विभागका तत्कालीन महानिर्देशक उद्धवप्रसाद रिजाललाई उक्त अध्ययन प्रतिवेदन बुझाएको थियो ।

Advertisement 2

०७२ मंसिरदेखि विद्युतीय सवारीचालक अनुमतिपत्र (ईडीएल) प्रणाली सञ्चालनमा ल्याइएको थियो । त्यसबीचका १० महानिर्देशकका पालामा ६६ हजार फर्जी लाइसेन्स वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसबारे त्यति बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको थियो । करिब एक वर्ष बितिसक्दा समेत यो विषय टुंगोमा पुगेको छैन ।

Advertisement 3

 

प्रकाशित : ३ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs