जयन्दु बाल सुधार गृहको सुरक्षा ब्यवस्थामा कडाइ गरेका छौँ – प्रमुख जिल्ला अधिकारी जोशी

दिनेश राज न्यौपाने
०२ चैत २०८१ नेपालगन्ज ; बाँकेको डुडुवा गाँउपालिकामा अवस्थित जयन्दु बाल सुधारगृहका बालबन्दीहरुले सोमबार सुधार गृहको भवनमा आफुहरुलाई कैद गरेर आगो लगाएका थिए । आगो लगाएपश्चात् आफुहरु जोगिन भवनको छतमा गएर बसेका थिए । बालसुधार गृहको ग्राउन्ड फ्लोरमा उनीहरुले आगजनी गरे पछि केही क्षति भएको बाँके प्रहरीले जनाएको छ ।
बालबन्दिहरुले बालसुधार गृहलाई नियन्त्रणमा लिएर छतबाट प्रहरीमाथि ढुंगा प्रहार गरेर भवन भित्र पस्न दिएका थिएनन् । प्रहरीले तनावपुर्ण स्थितिलाई नियन्त्रणमा लिनेक्रममा बालबन्दीहरुको ढुंगा प्रहारबाट ३ जना प्रहरी घाइते भएका छन् । उनिहरुले लगाएको
आगो नियन्त्रणमा लिन त्यहाँ पुगेको दमकललाई समेत भित्र पस्न नदिदा पटक पटक वार्ताका लागि आह्वान गर्दा पनि नसुनेपछि प्रहरी बलपूर्वक भित्र पसेको र नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले जानकारी दिनुभएको छ।
बाँकेका प्रहरी प्रमुख एसपी कार्कीको नेतृत्त्वमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बालसुधार गृहमा प्रवेश गरेर आगो नियन्त्रणमा लिनुका साथै स्थिति सामान्य बनेको हो । शनिबार भएको झडपमा परी ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् भने २४ जना जति बालबन्दी प्रहरी नियन्त्रणमा रहेको बाँके प्रहरीले जानकारी दिएको छ। यस विषयमा हामीले बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीलाई सम्पर्क गर्दा अहिले स्थिति सामान्य रहेको बताउदै बालसुधार गृहमा आजको झडप र स्थिति हेर्दा सामान्य हतौडा फन्टी रड जस्ता बस्तु भेटिएकोले पनि स्थिति झन तनावग्रस्त रहेको बताउदै पटकपटक यस्तो स्थिति उत्पन्न हुनु गलत भएको बताउदै थप सुरक्षा ब्यवस्थापन कडा गरिने उहाले बताउनु भएको छ।

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs