माओवादी अध्यक्ष प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता नीराजन पक्राउ

०३ चैत २०८१ काठमाडौं । हटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाउने राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता पक्राउ परेका छन् ।

Advertisement 1

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाउने संगठनका सदस्य सचिव नीराजन बमलाई प्रहरीले पक्राउ गरेको हो ।

बमलाई चितवन प्रहरीको सहयोगमा आज भरतपुर विमानस्थलबाट पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

Advertisement 2

शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्वीर जलाइएको थियो ।

राप्रपा केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह सहभागी कार्यक्रममा संगठनका सदस्य सचिव पताँलाले पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका थिए।

Advertisement 3

प्रचण्डको तस्वीरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावाद भने नारा लगाएका थिए ।

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs