खैरो हेरोइनसहित पाँच जनालाई प्रहरी नियन्त्रणमा पक्राउ

०३ चैत २०८१ धनगढी । कैलाली प्रहरीले खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

Advertisement 1

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखा र मातहतका कार्यालयबाट खटिएको टोलीले १७ ग्राम ९२० मिलीग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय आदित्य राना, घोडाघोडी नगरपालिका–७ बस्ने २५ वर्षीय लक्ष्मण चौधरी, २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र बुटवल उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय रमेश कार्की रहेका छन् ।

Advertisement 2

रानालाई धनगढी उपमहानगरपालिका–३ को त्रिनगर ब्यारेल नजिकै भारतबाट धनगढीतर्फ आइरहेका बेला उनी सवार सुपप्र०१०१२ प ५४७५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई ग्राम ८६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

अन्य चार जनालाई भने घोडाघोडी नगरपालिका–७ को हरिनगरस्थित सोही ठाउँका लक्ष्मण चौधरीको घरमा लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।

Advertisement 3

चौधरीको घर कोठामा खानतलासी गर्दा सुटकेसभित्र राखिएको कोटको गोजीबाट १५ ग्राम ६० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको थियो ।

पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs