बालसुधार गृह घटना छानबिन गर्न नेपालगन्ज पुग्यो मानव अधिकार आयोगको टोली

०३ चैत २०८१ नेपालगन्ज । राष्ट्रिय मानव अधिकार आयोग(NHRC) ले शुक्रबार र शनिबार बाँकेको जयेन्दु बाल सुधार गृहमा भएको झडप र आगजनीबारे छानबिन गर्न अनुगमन टोली खटाएको छ ।

Advertisement 1

आयोगको टोलीले झडपमा संलग्न भनी पक्राउ परेका व्यक्तिहरूलाई राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको समेत अनुगमन गरेको जनाएको हो ।

प्रारम्भिक अनुगमनबाट झडपका कारण सुधार गृहमा रहेका ६ जना बालक घाइते भएको, सुधार गृहमा आगो लगाइएको र नियन्त्रणका लागि खटिएका प्रहरीमाथि इँटा प्रहार भएकोलगायतका तथ्य प्राप्त भएको आयोगको जिकिर छ ।

Advertisement 2

बाँके जिल्लाको डुडुवा गाउँपालिका- ६ स्थित बालसुधार गृहमा रहेका बालबन्दीहरूबीच शुक्रबार रातिदेखि शनिबार साँझसम्म झडप भएको थियो । गृहमा भएको आगजनी नियन्त्रणमा आएपछि सबैलाई पुनः त्यही भवनमै राखिएको छ ।

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs