०४ चैत २०८१ काठमाडौं । ललितपुरको पुल्चोक र भैंसेपाटीस्थित मन्त्री निवास आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेकोे छ ।
Advertisement 1
जिल्ला प्रशासन कार्यालय, ललितपुरले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य–मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
आज चैत ४ गतेबाट लागू हुने गरी दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।
पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रकाशित : १ महिना अगाडि