प्रहरी स्टाफ कलेजसम्बन्धि रिटमा आज आदेश हुने

०४ चैत २०८१ काठमाडौं। नेपाल प्रहरीमा सुरु हुन लागेको स्टाफ कलेजसम्बन्धि रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई हुने भएको छ ।

Advertisement 1

सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासमा सो रिटउपर सुनुवाई हुँदैछ।

नेपाल प्रहरीका २० डिएसपीले स्टाफ कलेज रोक्न माग गर्दै गत २६ फागुनमा रिट दायर गरेका हुन्। दोस्रो नम्बरमा नै राखेर रिटमा सुनुवाई गरी आज नै आदेशको तयारी छ ।

Advertisement 2

प्रहरीको स्टाफ कलेजको प्रवेश परीक्षा बुधबारदेखि सुरु हुन लागेको छ। जसकारण आज हुने आदेश निकै महत्वपूर्ण हुने बताइएको छ ।

सोमबार अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आफ्नो कार्यकालको उत्कृष्ट काममध्ये एक स्टाफ कलेज भएको बताएका छन् । तर, उनकै प्रहरी अधिकारी त्यसलाई असफल बनाउन लागेका छन्।

Advertisement 3

स्टाफ कलेज नगर्ने एसएसपीभन्दा माथि बढुवा हुन नपाउने गरी प्रहरीमा यो कोर्स लागू गर्न लागिएको हो ।

 

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs