देउवा-प्रचण्ड छलफलले राजनीतिमा तरंग

०५ चैत २०८१ काठमाडौं । संसद्को ठुलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल उन्मुख भएको छ ।

Advertisement 1

सरकारको कुशासनका कारण जनतामा असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको हो ।

जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाइ प्रतिगामी र पुनरुत्थानवादीहरू राजतन्त्र पुनस्र्थापनाको षडयन्त्रमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको रवैया र गतिविधिलाई व्यवस्था विरोधले हतियार बनाएका छन् । गणतन्त्र स्थापना भएको १६ वर्षमा मुलुकलाई सही दिशा दिन नसक्दा व्यवस्था माथि नै प्रहार हुन थालेको छ । 

Advertisement 2

ओली सरकारको आठ महिनाको अवधिले कांग्रेस–एमाले गठबन्धनमाथि गम्भीर प्रश्न उठाएको छ । कांग्रेस र एमाले बिचको सात बुँदे सहमति केबल सत्ताका लागि मात्रै थियो भन्ने यो अवधिले पुष्टि गरिदिएको छ । कांग्रेसभित्र ओली सरकारको विकल्प खोज्नुपर्ने आवाज बाक्लिदै गएको छ भने यही बिचमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिचको कुराकानीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

स्रोतका अनुसार देउवा र प्रचण्डबिच ओलीको विकल्प खोज्ने विषयमा छलफल भएको छ । देउवाको नेतृत्वमा सरकार गठनका लागि प्रचण्ड तयार भएका छन् । देउवाको नेतृत्वमा एमालेसहित सहमतिको सरकार गठनमा जोड दिने र ओली नमाने एमालेबाहेकको सरकार गठनसम्मको कुरा चलेको एक नेताले दाबी गरे ।

Advertisement 3

माओवादी महासचिव देव गुरुङले यस अगि पनि कांग्रेससँग सहकार्य हुन सक्ने संकेत गरेका छन् ।

प्रतिगामी शक्ति सलबलाएपछि हुलाकी राजमार्ग केन्द्रित अभियान स्थगित गरेर काठमाडौँ फर्किएका माओवादी अध्यक्ष प्रचण्ड गणतन्त्रवादी नेताहरूको छलफलमा व्यस्त छन् । त्यही क्रममा प्रचण्डले कांग्रेस सभापति देउवादेखि समाजवादी मोर्चाका शीर्ष नेता र अन्य दलका नेतासँग पनि कुराकानी गरेको स्रोतले बतायो ।

प्रचण्डले केही दिनअघि सरकारको अहंकारले लाखौँ जनता सडकमा आउने स्थितिमा पुग्ने चेतावनी दिएका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा सम्मिलित चार दलीय समाजवादी मोर्चाले यही १५ गते काठमाडौंमा वृहत् जनप्रदर्शन गर्दै छ ।

 

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs