
दिपक शाही ०६ चैत २०८१ काठमाडौं: बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement 1
पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-६ का शम्भुलाल मल्ल छन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले चैत ४ मा पक्राउ गरेको हो।
पक्राउ परेका मल्लले काठमाडौंको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।
Advertisement 2
यौन पेसामा लगाइएका दुई बालिकालाई उनको होटलबाट उद्धारसमेत गरिएको ब्यूरोले जानकारी दिएको छ।
पक्राउ परेका मल्लविरुद्ध मानव बेचबिखन तथा ओसोर पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको हो ।
प्रकाशित : १ महिना अगाडि