जनताले फ्याँकिसकेको राजतन्त्र फर्किन कुनै सम्भावना नरहेको बाबुराम भट्टराईको दाबी

०६ चैत २०८१ काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले राजावादीहरुको प्रदर्शनलाई उचाल्ने काम भईरहेको बताएका छन्।

Advertisement 1

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै माइतीघरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।

Advertisement 2

जनताले फ्याँकिसकेको राजतन्त्र फर्किन कुनै सम्भावना नरहेको उनको भनाई छ । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छोटे राजाको संज्ञा दिए।

अध्यक्ष भट्टराईले भने,‘तीनवटा टाउको अहिले देखिएका छन्, तिनीहरुले आफूलाई छोटे राजाको रुपमा पनि देखाउँछन् । संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छन् । त्यो तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिन्छन् ।’

Advertisement 3

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको भन्दै दुई छिमेकीले पनि सुँड घुसारेर कहिले कसलाई कहिले कसलाई उचालिरहेको टिप्पणी गरे ।

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs