त्रिभुवन नमुना माध्यामिक विध्यालय अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित

दिनेश राज न्यौपाने
०४ मंसिर २०८१ कोहलपुर ; सोमबार बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर -१० मा रहेको त्रिभुवन नमुना माध्यामिक विध्यालयले मंगलबार एक सुचना जारी गर्दै अर्को सुचना प्रकाशित नभएसम्मका लागि पठनपाठन बन्द भएको जनाएको छ। उक्त विध्यालयमा अध्यपन गराउदै आएका स्थायी शिक्षकले सोही विध्यालयमा अध्ययनरत छत्रालाई अश्लील म्यासेज गरेको र निज छात्रालाई न्याय संगै शिक्षकलाई आवश्यक कार्वाहीको माग गर्दै हिजो भएको आन्दोलन भएको थियो । हिजो भएको अन्दोलनमा विध्यालयको भौतिकरुपमा केही क्षती सगै कोहलपुर नगरपालिकामा समेत क्षती भएको भन्दै आन्दोलनको नेतृत्व गरेका बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र बुढा ,लगायत पाँच जनालाई प्रहरिले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका पाँचै जनालाई सोमबार साँझ सम्झाइ बुझाइ छोडिएको हो। यता समस्याको समाधान निकाल्नुको सट्टा विध्यालय ब्यवस्थापन समितिको निर्णय भन्दै पठनपाठननै बन्द गर्नु उचित नभएको स्थानिय बताउछन् । यधपी विध्यलयले भने प्राविधिक धार तर्फको बार्सिक परीक्षा कार्यक्रम भने यथासमयमै संचालन भैरहेको जनाएको छ।

प्रकाशित : ५ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs