०९ चैत २०८१ कोहलपुर ; बाँकेको कोहलपुर नगरपालिकामा कार्यरत नगर प्रहरीको सक्रियतामा हराएको मोवाइल फेला पारी सम्बन्धित मोबाईल धनीलाई हस्तान्तरण गरेको छ।
भारत गोरखपुर घर भई नेपालगन्ज मेडिकल कलेज चिसापानीमा अध्यनरत अदिती गुप्ता नेपाल भारत सिमानाका जमुनाहा बाट अटो रिक्सामा बैजनाथ गाउपालिकाको चिसापानी जाने क्रममा मोबाइल बाटोमा झरी हराएको थियो। मोबाईल हराय पछि कोहलपुर नगरपालिका द्वारा जडान गरिएका सि.सि.क्यामेराको मद्दतबाट आवश्यक अनुसन्धान तथा खोजतलास गरी फेला पारी कोहलपुर नगर प्रहरि प्रमुख प्रहरी निरीक्षक वीर बहादुर थापाले सम्बन्धित मोबाईल धनीलाई उक्त मोवाइल हस्तान्तरण गर्नु भएको छ।पछिल्लो समयमा नगरको समग्र शान्ति सुरक्षा, चोरीका घटना ,ट्राफिक दुर्घटना न्यूनीकरण जस्ता सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको नगर प्रहरी प्रमुख थापाले बताउनु भएको छ।
कोहलपुर नगर प्रहरीको सक्रियतामा हराएको मोवाइल फेला पारी हस्तान्तरण
प्रकाशित : १ महिना अगाडि