राजावादी र ओलीको आलोचना गर्दै अग्निले भने- इतिहासले फेरि नेपालको जिम्मा प्रचण्डलाई दिँदैछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सम्पूर्ण रुपमा फेल भइरहेको दाबी गरेका छन् ।

Advertisement 1

तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकार असफल भइरहेको जिकिर गरे ।

नेता सापकोटाले भने, ‘अहिले केपी ओलीलाई ७८ जना सांसदको अहंकार छ । विचार र विवेश शून्य छ । त्यसकारण इतिहासले फेरि नेपालको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिँदैछ । इतिहासले सुम्पिएको त्यो जिम्मेवारी पूरा गर्ने संकल्प गर्नुपर्नेछ ।’

Advertisement 2

उनले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा आफूहरु युग परिवर्तनको लागि हिँडिरहेको बताए । नेता सापकोटाले भने, ‘अहिले भयानक संकट छ, तर संकटभित्र सम्भावना पनि छ । हामीले राजावादीहरुको हौवाले यी सबै कुरा गरिरहेका छैनौं । त्यसप्रति सचेत हुँदै समाजवादी क्रान्तिमा अघि बढिरहेका छौं। अहिले राजावादी र ओलीलाई चुनौती दिनेगरी बुद्धिमतापूर्ण ढंगले हाम्रो अध्यक्षले फायर खोलिसक्नु भएको छ । फायर खोल्न नपाउँदै ती प्रतिगमनकारीहरुको हावा खुस्किसकेको छ । ८६ वर्षको उमेरमा केको आन्दोलन ?’

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs