रोट्रयाक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेज र जानकी गाउँपालिका वडा नं २ को संयुक्त आयोजनामा शनिबार निशुल्क स्वास्थ शिविर सम्पन्न

दिनेश राज न्यौपाने
१० चैत २०८१ जानकी ; रोट्रयाक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेज र जानकी गाउँपालिका वडा नं २ को संयुक्त आयोजनामा बाल रोग, स्त्री रोग, छाती रोग एवं सामान्य चिकित्सा सम्बन्धि विशेषज्ञ सेवा द्वारा बृहत् नि: शुल्क स्वास्थ्य शिविर कार्यक्रम जानकी गाउँपालिका वडा नं, २ को बेलभार स्वास्थ्य चौकीमा भव्यरुपमा सम्पन्न भएको छ ।
जानकी गाउँपालिका वडा नं.०२ का वडा अध्यक्ष चन्द्रीका प्रसाद गुप्ताको सभाध्यक्षतामा भएको कार्यक्रममा सामान्य चिकित्सा विषेशज्ञ तथा एन्डोक्राइनोलजस्ट डा. अल्ताबान राहि, स्त्री रोग विषेशज्ञ डा. अमिरुन निशा एवं प्याथोलोजिस्ट डा. प्रज्ञा गौतम घिमिरे को उल्लेखनीय भूमिका रहेको थियो ।
शनिबार सम्पन्न शिविर कार्यक्रम मार्फत् समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले यस्ता निःशुल्क शिविरहरुले न्यून वर्गीय नागरिकहरूको स्वास्थ्यमा निकै महत्वपूर्ण भूमिका खेलेको आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने कार्यक्रममा सेवा प्रदान गर्न उपस्थित क्लबका अध्यक्ष प्रिन्स ठाकुर ज्यूले जानकारी दिएका छन् । शिविर बाट बाल रोग विशेषज्ञ सेवा पाएका सेवाग्राही हरु बालक ४५ जना
,बालिका ६५ जना गरि जम्मा ११० जना,स्त्री रोग विशेषज्ञ सेवा पाएका सेवाग्राही हरु ११९ जना,
छाती रोग एवं सामान्य चिकित्सा सम्बन्धि विशेषज्ञ सेवा पाएका सेवाग्राही हरआ महिला ११७ जना, पुरुष १३४ जना गरि जम्मा २५१ जनाले
बृहत नि: शुल्क स्वास्थ्य शिविरमा सेवा पाएका जम्मा विरामी संख्या ४८० जना रहेको अध्यक्ष ठाकुरले जानकारी दिनुभएको छ ।
शिविर कार्यक्रममा डा. विमल कुर्मी, डा. चन्द्रशेखर यादव, डा. मो. आशिफ शेख, डा. सहरोज सिद्दिकी र डा. लक्ष्मण यादव हरुले करिब ४८० जना सर्वसाधारणको स्वास्थ्य जाँच गर्नुका साथै बिरामीहरू माझ औषधि वितरण पनि गरिएको थियो ।
कार्यक्रम संयोजक आयुशबी राज्यलक्ष्मी रिजाल र नाथुराम गुप्ताका अनुसार यस शिविरको मुख्य उद्देश्य स्वास्थ्य सेवा प्रदान गर्नु मात्रै नभई जनताको स्वास्थ्यप्रति सजगता र सशक्तिकरण पनि रहेको बताउदै रोट्रयाक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेज लाई धन्यवाद ब्याक्त गर्नुभएको थियो।

प्रकाशित : ४ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs