विभिन्न गहनाहरू सहित १ जनालाई पक्राउ

१३ चैत २०८१ काठमाडौं; प्रहरीले बिल बिजक नभएका सुन जस्तो देखिने धातुका विभिन्न गहनाहरू सहित १ जनालाई पक्राउ गरेको  छ।

Advertisement 1

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले नुवाकोटको विदुर नगरपालिका–५ घर भई हाल कंलकी बस्ने वर्ष ४१ को दिपेशलाल चित्रकारलाई पक्राउ गरेको हो।

Advertisement 2

चैत १२ गते स्वयम्भू आनन्दकुटीमा सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले गहनासहित उनलाई नियन्त्रणमा लिएको हो।

बरामद गरिएका दसीसहित चित्रकारलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।

Advertisement 3

बरामद दसी
१) पोते सहितको सुनजस्तो देखिने धातु जडित नौगेडी माला– ११ थान

२) पोते सहितको सुनजस्तो देखिने धातु जडित सिङगल गेडी माला– ७ थान
३) क्रिष्टल सहितको सुनको जस्तो देखिने माला– १३ थान
४) पोते सहितको सुनजस्तो देखिने धातु जडित मंगलसुत्र– ६ थान
५) पोते सहितको सुनजस्तो देखिने धातु जडित सोली गेडी माला–१ थान
६) पत्थर सहितको सुनको जस्तो देखिने धातु जडित टप– ३ जोर
७) पोते नभएको सुनको जस्तो देखिने धातु जडित तिलहरी–१ थान
८) सुनको जस्तो देखिने धातु जडित विभिन्न डिजाईनका क्लिप–९ थान
९) मोती जस्तो देखिने पत्थर सहितको सुनको जस्तो देखिने धातु जडित ३ गेडी मोती माला–३ थान
१०) मोती जस्तो देखिने माला सहितको सुनको जस्तो देखिने धातु जडित मोती लकेट माला–१ थान
११) मोती जस्तो देखिने पत्थर सहितको सुनजस्तो देखिने धातु जडित मोतीहार–१ थान
१२) सुनको जस्तो देखिने धातु जडित औँठी–२४ थान
१३) पत्थर सहितको सुनजस्तो देखिने धातुबाट बनेको स–साना फुली–१९ थान
१४) सुनको जस्तो देखिने धातु जडित स–साना गेडी–३ थान

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs