इलाका प्रहरी कार्यालय कोहलपुर द्वारा समुदायसँग अन्‍तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

१३ चैत २०८१ कोहलपुर; इलाका प्रहरी कार्यालय कोहलपुर द्वारा समुदायसँग अन्‍तरक्रिया तथा छलफल कार्यक्रम बुधबार सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको अध्यक्षतामा कार्यालयको प्राङगणमा सम्पन्न भएको हो। कार्यालयको कार्य सम्पादन मुल्याङकन अन्तरगत प्रहरीको सेवा प्रवाहको प्रभावकारिता अझ छिटो छरितो, निष्पक्ष, पारदर्शी, र जवाफदेहीताका साथ सुधार गर्नु पर्ने जस्ता सरोकारवालाहरु बाट उठेका गुनासोहरुलाई कार्यक्रमका अध्यक्ष एवम कार्यालय प्रमुख प्र.ना.उ. धर्मराज भण्डारीले गुनोसोहरुको बारेमा सम्बोधन गर्दै आम नागरिकबाट उठाइएका बिषयवस्तुलाई गम्भिरता पुर्वक लिई प्रहरीको काम कारवाही तथा सेवा प्रवाहलाई अझै जन उत्तरदायी, पारदर्शी र निष्पक्ष गर्ने प्रतिबद्धता जनाउदै समुदाय संग अन्‍तरक्रिया तथा छलफल कार्यक्रम उपस्थित सम्पुर्णलाई आभार सहित धन्यवाद ब्याक्त गर्नु भएको थियो। भने कार्यक्रममा करिब सत्तरी जना विभिन्न क्षेत्रमा संलग्न सरोकारवाला नागरिकहरुको उपस्थिति रहेको थियो।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs