शान्ति प्रक्रिया टुंग्याउन द्वन्द्व पीडितलाई केन्द्रमा राख्नुपर्छ : प्रचण्ड

१४ चैत २०८१ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन्।

Advertisement 1

बिहीबार काठमाडौंमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले द्वन्द्व पीडितहरूलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया दिगो बनाउन सकिने बताए। उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा प्रमुख दलहरूबीच आधारभूत सहमति रहेको स्पष्ट पार्दै, अन्य राजनीतिक विषयमा मतभेद भए पनि यस विषयमा सहमति कहिल्यै नबिग्रिएको दाबी गरे।

“अहिले पनि राजनीतिक दलहरूबीच विभिन्न विषयमा विवाद छन्। कोही सत्तापक्षमा छौं, कोही प्रतिपक्षमा छौं। सदनमा बहसहरू भइरहेका छन्। तर तमाम विवाद र विमतीका बीच पनि शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा इनप्रिन्सिपल हामी कहिल्यै विवादमा परेका छैनौं,” प्रचण्डले भने।

Advertisement 2

उनले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याएर मात्रै शान्ति प्रक्रियालाई सफल बनाउन सकिने उल्लेख गरे। साथै, द्वन्द्व पीडितहरूको न्याय सुनिश्चित गर्ने कार्यमा कुनैपनि बहानामा ढिलाइ गर्न नहुने धारणा राखे।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs