बर्दिया १४ चैत २०८१– प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो मात्रामा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
Advertisement 1
मंगलबार साँझ १६:३० बजे बर्दियाको बाँसगढी नगरपालिका–७ को प्रहरी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको भे.प. ६४५९ नम्बरको मोटरसाइकलमा लागू औषध फेला परेको हो। पक्राउ परेका व्यक्तिहरू बाँसगढी नगरपालिका–५ निवासी २२ वर्षीय बिष्णु कुमार शाह र २५ वर्षीय शंकर माली हुन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट २२९ ग्राम नाइट्रोजेपाम, २०८ ग्राम ब्राउन सुगर, ९ मोबाइल फोन (VIVO र LAVA ब्रान्ड) र मोटरसाइकल बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ।
बर्दिया प्रहरीले लागू औषध ओसारपसार तथा अवैध कारोबारविरुद्ध निगरानी बढाएको जनाएको छ। नागरिकहरूलाई पनि शंकास्पद गतिविधि देखिए प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।
प्रकाशित : ३ हप्ता अगाडि