कुलमान घिसिङको हटाइको विरोधमा प्रदर्शन जारी, माइतीघरमा राप्रपाको विरोध सभा

१४ चैत २०८१ काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विरोधमा बिहीबार पनि प्रदर्शन जारी रह्यो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

Advertisement 1

सरकारको यो निर्णयप्रति असन्तुष्टि जनाउँदै विभिन्न समूहहरूले विरोध प्रदर्शन गर्दै आएका छन्। बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका संघसंस्थाले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले “लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन!”, “मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर!” जस्ता नारा लगाउँदै सरकारको निर्णयको विरोध जनाएका थिए।

Advertisement 2

कुलमान घिसिङले आफ्नो कार्यकालमा नेपाललाई लोडसेडिङमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेका कारण आम नागरिकमा उनको लोकप्रियता उच्च रहेको छ। सरकारले उनको बर्खास्तीको निर्णय पुनर्विचार गर्नुपर्ने माग प्रदर्शनकारीहरूले राखेका छन्।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs