१४ चैत २०८१ कोहलपुर: मिति २०८१।०९।१० गते जिल्ला बर्दिया, बाँसगढी न.पा.–०८, बठुवा निवासी टेक बहादुर बी.सी. को आफ्नै घरबाट रातको समयमा चोरी भई हराएको भे ९ प ५३६९ नम्बर प्लेट भएको NS 200 मोटरसाइकल चेकजाँचको क्रममा फेला परेको थियो।
Advertisement 1
उक्त मोटरसाइकल सुरक्षित रूपमा इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँके मा राखिएको थियो। आज मिति २०८१।१२।१४ गते सम्बन्धित मोटरसाइकल धनी आवश्यक प्रमाणसहित सम्पर्कमा आएपछि उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालयले उनलाई बुझाएको छ।
प्रकाशित : ३ हप्ता अगाडि