समाजवादी मोर्चाको प्रदर्सनमा नेकपाको सी गार्मेन्टमा बनेका झण्डा प्रयोग

१४ चैत २०८१ काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गर्न लागेको आमसभाका लागि प्रयोग हुने झण्डा विप्लव नेतृत्वको नेकपाको सी गार्मेन्टमा उत्पादन भएको छ। मोर्चामा सहभागी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र अन्य घटकहरूले प्रदर्शनमा एक लाखभन्दा बढी मानिस उतार्ने दाबी गरेका छन्।

Advertisement 1

मोर्चाका नेताहरूका अनुसार यस पटक प्रदर्शनका लागि झण्डा उत्पादन नेकपाको आफ्नै सी गार्मेन्ट उद्योगमा गरिएको हो। नेकपा पोलिटब्युरो सदस्य चिरन पुनका अनुसार झण्डा उत्पादनको काम तीव्र गतिमा भइरहेको छ। यसअघि राजनीतिक दलहरूले बागबजारबाट झण्डा तयार गर्ने गरेका थिए, तर यसपटक गणतन्त्र पक्षधरहरूले गर्ने प्रदर्शनमा भने नेकपाको गार्मेन्टमा बनेका झण्डा प्रयोग गरिनेछ।

यसबाहेक, प्रदर्शनका लागि माओवादी केन्द्रले झण्डाका लागि आवश्यक भाटा उपलब्ध गराउने जिम्मा लिएको छ भने नेकपा (एस) ले भ्रष्टाचार, सुशासन, महँगी, सहकारी समस्या र शिक्षकहरूको मुद्दासहित १४ वटा नारा तयार पारेको छ।नेकपाले सञ्चालन गरेको सी गार्मेन्ट उद्योगले आफ्ना नेता-कार्यकर्ताहरूका लागि कपडा उत्पादन गर्दै आएको छ। हाल नेकपाका कार्यकर्ताहरू यही गार्मेन्टमा निर्मित कपडा प्रयोग गरिरहेका छन्।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs