१४ चैत २०८१ भक्तपुर, सानोठिमी – नेपाल शिक्षक महासंघद्वारा आयोजित रिले अनशन कार्यक्रममा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले ऐक्यवद्धता जनाएको छ।
Advertisement 1
शिक्षा तथा मानव विकास केन्द्र, सानोठिमी भक्तपुरमा जारी आन्दोलनमा अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाह, उपाध्यक्ष रुपा बुढामगर, महासचिव उषाकिरणसहितका विद्यार्थी नेताहरूले सहभागिता जनाएका थिए।
अध्यक्ष शाहले संक्षिप्त मन्तव्य दिँदै शिक्षक आन्दोलनलाई समर्थन गर्दै जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
Advertisement 2
नेपाल शिक्षक महासंघले लामो समयदेखि शिक्षक हकहितका माग राख्दै विभिन्न चरणका आन्दोलन गर्दै आएको छ। यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूले उक्त आन्दोलनलाई समर्थन जनाइसकेका छन्।
प्रकाशित : ३ हप्ता अगाडि